शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि गडबड


काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्यमा फेरि गडबड देखिएको छ । उनको स्वास्थ्यमा फेरि आज समस्या देखा परेको हो ।

स्वास्थ्य अवस्था सामान्य बनेपछि क्याबिनमा सारिएका जोशीलाई आज फेरि आईसीयूमै राखिएको किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रमुख प्रा.डा. बालमानसिंह कार्कीले स्वास्थ्य लाइभलाई जानकारी दिए ।

‘स्वास्थ्य अवस्था सुधारिएपछि उहाँलाई हिजो मात्र आईसीयूबाट क्याबिनमा सारिएको हो । आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको छ’, उनले स्वास्थ्य लाइभसँग भने । उमेरका कारण पनि जोशीको स्वास्थ्यमा समस्या आइरहेका डा. कार्कीको भनाइ छ ।

डेंगु संक्रमण भएपछि किष्ट मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका शताब्दी पुरूष जोशीको यसपटकको अस्पताल बसाइ लम्बिदै गएको छ । उनी अस्पताल भर्ना भए कै दुईहप्ता बढी भइसकेको छ । जोशीको स्वास्थ्यमा छिन-छिनमै उतार चढाव आउन थालेपछि अस्पतालले विशेषज्ञ चिकित्सकको विशेष निगरानीमा निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com