अज्ञात व्यक्तिले खाएको चुराेटले प्रसूति गृहमा घण्टाैं आकस्मिक साइरन बजेपछि…..


काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथलीमा चुरोटका कारण घण्टौं तनाव उत्पन्न भएको छ ।

प्रसूति गृहका रुपले परिचित उक्त अस्पतालमा चुरोट तानेपछि साइरन बज्दा घण्टौं तनाव भएको हो । प्रसूति गृहकाे नयाँ भवनमा चुरोट सेवन गर्दा साइरन बज्ने उपकरण जडान गरिएको छ । चुराेट सेवन गरेपछि उक्त साइरन बज्छ । आज प्रसूति गृहमा चुरोट तानेपछि उक्त साइरनले कराएर घण्टौं तनाव दिएको हो ।

साइरन बजेपछि खोजी गर्दा कसले कहाँ बसेर चुराेट खायाे पत्तो लाग्न सकेन । अस्पतालभित्र सुर्तीजन्य पदार्थ सेवन गर्न कडाई गर्ने उद्देश्यले उक्त साइरन जडान गरिएको हो । तर साइरन बजेपनि अस्पतालले चुरोट सेवन गर्ने व्यक्ति फेला पार्न सकेन ।

काठमाडौं महानगरपालिका सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्न निषेध गरेको छ । प्रसूति गृह पनि काठमाडौं महानगरपालिकाभित्र पर्छ । सार्वजनिक स्थलमा चुरोट खान मनाही छ । तर, सरकारी अस्पतालका गेटगेटमा चुराेट बेच्ने र खानेकाे भिड छ । यता प्रसूति गृहमा अज्ञात व्यक्ति नयाँ भवनभित्र प्रवेश गरेर चुराेट खाँदा निरन्तर आकस्मिक साइरन बजेर आकस्मिक कक्षमा भर्ना भएका नवजात शिशु र आमालाई समस्या उब्जिएको छ । चिकित्सक, नर्सिङ र सफाइ कर्मचारीलाई काममा बाधा पुगेकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com