‘अल्फाबिटा देख्ने बालेनको डोजरले महिला आदर्शको अनधिकृत संरचना देखेन’


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सरकारी जग्गा हडपेर बनाइएका अनधिकृत संरचनामाथि डोजर चलाउने कामलाई तीब्रता दिएका छन् । भूमाफियाले वर्षौदेखि सरकारी जग्गा हडपेर गरिरहेको रजाइँ अन्त्य गर्ने अभियानमा उनी लागेका छन् । यो अभियानमा जनताको उच्च समर्थन देखिन्छ ।

नर्भिक अस्पतालले बनाएको अनधिकृत संरचनाबाट अगाडि बढेका मेयर बालेन पहुँचवालाहरुले सरकारी जग्गा हडपेर बनाएको संरचना भत्काउन डोजर पठाइरहेका छन् । उनले अल्फाबिटामा डोजर लगाएपछि डोजर अभियानले चर्चा पाएको हो । तर, अल्फाबिटा नजिकै महिला आदर्शले सरकारी जग्गा हडपेर बनाएको अनधिकृत संरचना भने बालेनको डोजरले देखेको छैन ।

कोरोनाकालमै काठमाडौं महानगरपालिकाले अनधिकृत ठहर गर्दै भत्काउन आदेश दिएको उक्त अवैध संरचना बालेनको डोजरले पनि देखेको छैन ।

काठमाडौं महानगरपालिका तत्कालीन मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगरपालिका वडा नम्बर १० बानेश्वरस्थित महिला आदर्श सेवा केन्द्रको भवन अनधिकृत ठहर गर्दै भत्काउन आदेश दिएको थियो । २०७७ मंसिर २२ गते महिला आदर्शलाई ४ महिनाभित्र भवन खाली गराउन महानगरले म्याद दिएको थियो । तर अहिले उल्टै भवन खाली नगराई उक्त संस्थाले ५० हजार बढी भाडा खाइरहेको स्थानीयहरु बताउँछन् ।

महिला आदर्शले  सिद्धेश्वर महादेव मन्दिरको एक रोपनी बढी जग्गा हडपेर भवन बनाइ भाडा खाइरहेको देखिन्छ । महानगरले २०७५ असोज ७ गते उक्त संस्थाले बनाएको अनधिकृत संरचना हटाउन आदेश दिएको थियो । उक्त आदेश महानगरपालिकाको कार्यालयबाट बानेश्वर पुग्नै २ वर्ष लागेको देखिन्छ । ४ महिनाभित्र भत्काइसक्नु पर्ने उक्त अनधिकृत संरचना म्याद तामेल भएको २ वर्ष हुन लाग्दा पनि हटेको छैन । काठमाडौं महानगरपालिकाले आफैले दिएको अनधिकृत संरचना २ ५ वर्षदेखि अलपत्र परेपछि बानेश्वरका स्थानीयहरु अल्फाबिटा देख्ने बालेनको डोजरले महिला आदर्शको अनधिकृत संरचना देखेन भन्न थालेका छन् ।

 

 

 

क्याटेगोरी : सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com