सत्यमोहन जोशीको स्वास्थ्य झन कमजोर


काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था झन कमजोर बन्दै गएको छ । ललितपुरको इमाडोलस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको स्वास्थ्य अवस्था झन कमजोर बन्दै गएको हो ।  छातिमा निमोनिया संक्रमण बढेसँगै जोशीको स्वास्थ्यमा जटिलता देखिएको अस्पतालले जनाएको छ ।

छातिमा संक्रमण बढेको मुटुको चालमा घट्बढ भइरहेको जोशीको स्वास्थ्यमा जटिलता उत्पन्न भएको अस्पतालको भनाइ छ । सघन उपचार कक्ष (आईसीयू)बाट निकालेर सामान्य शय्यामा राखी उपचार भइरहेको जोशीको स्वास्थ्यमा समस्या आएपछि फेरि आईसीयूमा राखेर उपचार भइरहेको छ । उनको उपचारमा संलग्न डा. सुरज बज्रचार्यका अनुसार जोशी बोल्न र खान नसक्ने अवस्थामा पुगेका छन् । बिहीबारदेखि जोशीको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com