लामखुट्टेकाे महामारी छल्न स्वास्थ्यका उच्च अधिकारी धमाधम विदेशिदै


काठमाडौं । यतिबेला देशमा लामखुट्टेले आतंक मच्चाएको छ । ५० जना भन्दा बढीको मृत्युु भएको छ । हजाराैं हजार संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे भुमिका केही देखिएकाे छैन । स्थानीय सरकारलाई लामखुट्टेबारे कुनै चासाे र चिन्ता छैन । स्थानीय तह लामखुट्टे नै चिन्दैन । त्यसैले अहिले हजाराैं नागरिक प्रभावित हुनेगरि फैलिएकाे डेंगु र ठुलाे संख्याको मृत्युले संघीय स्वास्थ्य मन्त्रालयल र स्थानीय सरकारलाई  छुएन ।

“गर्नेलाई भन्दा देख्नेलाई लाज” भन्ने उखान जस्तै स्वास्थ्य मन्त्रालय भएको छ । इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाले करिब १५ दिन अगाडि देशमा डेंगु महामारी घाेषणा गर्न आवश्यक पर्ने प्रस्ताव स्वास्थ्य मन्त्रालयमा पठाएको थियाे । तर, उक्त प्रस्ताव अगाडि बढेन ।

देशलाई डेंगु महामारी घाेषणा गर्ने प्रस्ताव दराजमा राखेर स्वास्थ्यका उच्च अधिकारी लामखुट्टेकाे महामारी छल्न धमाधम विदेशिदै छन् ।  सम्भवतः अहिले विदेशिन लागेकाे संख्या छाेटाे अवधिमा विदेश जाने हालसम्मको धेरै हाे ।

महामारी घाेषणा भएपछि विदेशयात्रा स्थगित हुन्छ । राज्य पुरै डेंगुकाे नियन्त्रणमा लाग्नुपर्छ । त्यसैले अधिकारीहरु नागरिकको ज्यान बचाउने निर्णय लुकाएर महामारी छल्न धमाधम विदेशिएका छन् ।

यसअघि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले फजुल खर्च नियन्त्रण तथा ‘अनावश्यक विदेश भ्रमण’मा अंकुश लगाउने निर्णय गरेकाे थियाे । तर, अर्थ मन्त्रालय र प्रधानमन्त्री कार्यालयका कर्मचारीलाई समेत टिममा राखेपछि अंकुश राेकिएकाे हाे ।

आफ्नै निर्णयविपरित दर्जनौं विदेश भ्रमणको स्वीकृति दिँदै आएको छ । विगतमा प्रधानमन्त्री कार्यालयले विभिन्न मन्त्रालयबाट आएका विदेश भ्रमण प्रस्ताव सम्बन्धमा ‘औचित्ययुक्त भए वा नभएकोबारे अनुसन्धानसहित कतिपय प्रस्ताव फिर्तासमेत गर्ने गरेको थियो । तर, अहिले भने ‘जस्तासुकै बिदेश भ्रमणलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आँखा चिम्लेर अगाडि बढाउँदै आएको’ बताइएको छ ।

देशमा डेंगुले उग्ररुप लिइरहेका बेला त्यसलाइ छल्न भएका भ्रमणमा पुनरबिचार हुनुपर्छ । पुनरबिचार स्वास्थ्य मन्त्रालयका मन्त्री आफै हिडेकाले सम्भव छैन उसलाई प्रधानमन्त्री स्तरबाट दवाव दिन जरुरी छ । अहिले सम्म डेंगु नियन्त्रण बारे सिन्काे भाचिएकाे छैन । विश्व स्वास्थ्य संगठनकाे नेपाल कार्यालयले समेत असहयोग गरेकाे अधिकारीहरू बताउँछन् ।
महामारीको समयमा टेकनिकल सपाेट गर्नुपर्ने डब्लुएचओे ठुला ठूला हाेटलमा भाते गोष्ठी  राखेर  कर्मचारी खुसी पार्ने काममा ब्यस्त छ । अनी डेंगु महामारी छल्न स्वास्थ्यका दर्जनौं कर्मचारी विदेश घुम्न जाँदैनन् । जसले आम नागरिकको मन रुवाएकाे छ।

प्रधानमन्त्री कार्यालयका अनुसार स्वीकृत भ्रमण दलमा मन्त्री, राज्यमन्त्री, सचिव, सरकारी पदाधिकारी र कर्मचारीसमेत सहभागी हुने गर्छन् । तर, तल्ला तहका कर्मचारीको विदेश भ्रमणको भने कुनै रेकर्ड छैन । विदेश भ्रमणमा मात्रै राज्यकोषबाट वार्षिक ७० करोडभन्दा बढी खर्च हुने गरेको सरकारी अधिकारी नै बताउँछन् । भ्रमणमा पनि सानातिना कर्मचारीलाई खासै अवसर दिने गरिदैन । चीन, भारत, बंगलादेश, थाइल्याण्ड सानातिना कर्मचारी पठाइन्छ । तर, युराेप र अमेरिका जस्ता देशमा उच्चतहका कर्मचारीमात्रै  जाने गरेका छन्  ।

महामारी छल्न विदेश जानेहरु

स्वास्थ्य लाइभले पाएकाे जानकारी अनुसार आगामी १७- देखि २१ अक्टोबर २०२२ सम्म १३ जनाको टाेली बैङ्कक जाँदैछन् । बैङ्कक जाने फाैजकाे नेतृत्व १२ तहकी डाक्टर संगिता काैशल मिश्राले गर्दै छिन् । मिश्रासहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव मदन भुजेल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै डा. मदन उपाध्याय, अर्थ मन्त्रालयका उपसचिव उमेश श्रेष्ठ, डा. गुणनिधि शर्मा, डा. समिर कुमार अधिकारी, बीमा बाेर्डका जनस्वास्थ्य प्रशासक शम्भु प्रसाद ज्ञवाली, डा. पोमावती थापा, लक्ष्मी घिमिरे, रविकान्त मिश्र, बाबुराम घिमिरे, वीर सिंह राई, लेखा अधिकृत, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,फणिन्द्र गिरी, कम्प्युटर अधिकृत लगायत १३ जना आगामी १७- देखि २१ अक्टोबर २०२२ सम्म हुने कार्यक्रमका लागि बैङ्कक जाँदैछन् ।

त्यस्तै : ३१ अक्टोबर देखि २ नोभेम्बर २०२२ सम्म भारतको नयाँ दिल्लीमा हुने कार्यक्रममा डा. कृष्ण प्रसाद पौडेल र भिम प्रसाद सापकोटा जाँदैछन्।

यता राष्ट्रिय तालिम केन्द्र, टेकुका निर्देशक यदु चन्द्र घिमिरे पनि ५ देखि डिसेम्बर २०२२ मा भियतनाम जाँदैछन् । भारतको हैदराबादमा २२ नाेभेम्बर देखि २४ सम्म हुने कार्यक्रममा भाग लिन स्वास्थ्य मन्त्री  भवानी खापुङ जाँदैछन् ।

यता अक्टोबर २७ र २८ मा थाइल्याण्डको बैङ्ककमा हुने कार्यक्रममा व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्मा र वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखा प्रमुख उपेन्द्र ढुंगाना जाँदैछन् ।

३० अक्टोवरदेखि  ३ नोभेम्वर, २०२२ सम्म अमेरिकाको वासिङ्गटन डिसिमा हुने कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय निति याेजना महाशाखा प्रमुख डा. कृष्ण प्रसाद पौडेल, इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखा प्रमुख डा. चुमनलाल दास केवरत, डा. गोकर्ण दाहाल र उत्तम राज प्याकुरेल जाँदैछन् ।

फर्कदै गरेको टाेली

अक्टोबर १० देखि १२ गतेसम्म थाइल्यान्डमा भएकाे एक कार्यक्रममा भाग लिन मन्त्रालयबाट  नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकि निर्देशक गाेमा देवी निराैलाकाे नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी वरिष्ठ औषधि व्यवस्थापक उषा तण्डूकार,  वरिष्ठ कन्सल्टेण्ट मेडिकल जनरलिष्ट डा.पोमावती थापा र आन्तरिक प्रशासन शाखाका लिलम वि.क छन् । उनिहरु बाटाेमा छन् नेपाल फर्कदैछन् ।

अक्टोबर १३ देखि १४ सम्म इटालीको रोमामा हुने एक कार्यक्रममा भाग लिन गएका स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङ नेपाल फर्कने तरखरमा छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ