काठमाडौं महानगरपालिकाले नै बाँड्छ मृतकका नाममा लाखौं भत्ता 


काठमाडौं ।  काठमाडौं महानगरपालिकाभित्रै मृतकका नाममा लाखौं सामाजिक सुरक्षा भत्ता बाँड्ने गरेको पाइएको छ ।

दुर्गममा मृतकका नाममा बृद्ध भत्तालगायत सामाजिक सुरक्षा भत्ताको अपचलन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरिरहेको अवस्थामा काठमाडौं महानगरपालिकाले मृतकको नाममा लाखौं सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखाको पछिल्लो प्रतिवेदनले औंल्याएको छ ।  काठमाडौं महानगरपालिकाले मृतकका नाममा लाखौं सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखाले जनाएको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुसार काठमाडौं महानगरपालिका वडा नम्बर एक ले ४ जना मृतकका नाममा साढे २३ हजार ३ सय २४ रुपैयाँ रकम उपलब्ध गराएको छ । वडा नम्बर २ ले ११ जना मृतकका नाममा ७४ हजार रुपैयाँ बढी पैसा बाँडेको महालेखाले औंल्याएको छ ।

त्यस्तै वडा नम्बर ३ ले २ जना मृतकका नाममा ७ हजार ६ बढी सामाजिक सुरक्षा भत्ता बाँडेको महालेखाले खुलाएको छ । वडा नम्बर ४ ले १० जना मृतकका नाममा ७७ हजार ६ सय रुपैयाँ, वडा नम्बर ५ ले १२ जना मृतकका नाममा ९५ हजार ७ सय रुपैयाँ, वडा नम्बर ६ ले ९ जनाको नाममा ४८ हजार ६ सय रुपैयाँ, वडा नम्बर ७ ले २ जनाको नाममा ९ हजार ५ सय रुपैयाँ बढी भुक्तानी दिएको महालेखाले फेला पारेको छ ।

वडा नम्बर ८ ले ८ जनाको नाममा १ लाख १ हजार ८ सय ६७ रुपैयाँ, वडा नम्बर १० ले ११ जनाको नाममा १ लाख ११ हजार ४ सय रुपैयाँ, वडा नम्बर ११ ले ३ जनाको मृतकको नाममा १४ हजार ८ सय रुपैयाँ, वडा नम्बर १३ ले ११ जनाको नाममा ६४ हजार १ सय रुपैयाँ बढी भुक्तानी दिएकाले भुक्तानी दिने व्यक्तिलाई जिम्मेवार बनाइ असुल उपर गर्न महालेखाले निर्देशन दिएको छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर १४ ले २५ जना मृतकका नाममा १८ लाख ८ हजार रुपैयाँ, वडा नम्बर १६ ले ९ जनाको नाममा ६४ हजार ४ सय रुपैयाँ, वडा नम्बर १७ ले १० जना मृतकका नाममा ९४ हजार ६ सय रुपैयाँ सामजिक सुरक्षा भत्ता बाँडेको महालेखाले खुलाएको छ । वडा नम्बर १८ ले ३० जना मृतकका नाममा २६ लाख १ हजार ९ सय रुपैयाँ, वडा नम्बर १९ ले ११ जनाको नाममा ८८ हजार २ सय रुपैयाँ, वडा नम्बर २१ ले जनाको नाममा १ लाख ८२ हजार ५ सय रुपैयाँ र वडा नम्बर २२ ले १९ जना मृतकको नाममा १ लाख ३ हजार रुपैयाँ बढी सामाजिक सुरक्षा भत्ता वितरण गरेको महालेखाको ठहर छ ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ७ जनाको नाममा ५८ हजार ९ सय रुपैयाँ, वडा नम्बर २५ ले ३८ जना मृतकको नाममा ३ लाख ४० हजार ४ सय रुपैयाँ, वडा नम्बर २७ ले २९ जनाको नाममा ७ लाख ७७ हजार ८ सय रुपैयाँ र वडा नम्बर २९ ले ९ जना मृतकका नाममा ६२ हजार ८ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता बढी भुक्तानी गरेको महालेखाले औँल्याएको छ ।

त्यसैगरी वडा नम्बर ३० मा १५ जनाको मृतकको नाममा १ लाख ४६ हजार ९ सय रुपैयाँ, वडा नम्बर ३१ ले १२ जनाको नाममा ९७ हजार ३ सय रुपैयाँ र वडा नम्बर ३२ ले १० जना मृतकको नाममा ५५ हजार २ सय रुपैयाँ बढी सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको महालेखाको निष्कर्ष छ । महालेखा परीक्षकको कार्यालयले काठमाडौं महानगरपालिकालाई मृतकको नाममा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने सम्बन्धित व्यक्तिलाई जिम्मेवार बनाइ असुल उपर गर्न निर्देशन दिएको छ ।

क्याटेगोरी : समाचार, सुशासन

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com