उमेश श्रेष्ठको चुनावी संकल्प: शिक्षा, स्वास्थ्य र पर्यटनमा बहार चितवनको समृद्धिको आधार


काठमाडौं । आगामी मंसिर ४ गते प्रतिनिधिसभाको निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका उमेश श्रेष्ठ शिक्षा र स्वास्थ्यका एजेण्डालाई विशेष महत्त्व दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट  चितवन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले शिक्षा, स्वास्थ्य र पर्यटनमा बहार चितवनको समृद्धिको आधार भन्ने नारा अगाडि सारेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेकपा एमालेका एमाले उम्मेदवार निर्वतमान सांसद कृष्णभक्त पोखरेलबीच कडा प्रतिस्पर्धामा रहेका श्रेष्ठले शिक्षा र स्वास्थ्यमा विशेष जोड दिएका हुन् । उनी शिक्षा, स्वास्थ्य र  पर्यटनका एजेण्डा लिएर चितवन क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

स्वास्थ्य राज्यमन्त्री हुँदा स्वास्थ्य क्षेत्र सुधारमा विशेष योजना अगाडि सारेका श्रेष्ठले निर्वाचनमा पनि त्यसैलाई प्राथमिकतामा राखेको देखिन्छ । शिक्षा, स्वास्थ्य र पर्यटनबाटै चितवनको समृद्धि गर्न सकिन्छ भन्ने संकल्पका साथ चुनावी मैदानमा खडा भएका श्रेष्ठ उद्यमशील समाज निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको दाबी गर्छन् ।

राजनीतिकलाई उद्यमशिलतासँग जोड्न र उद्यमशील समाज निर्माणको लागि श्रेष्ठले चितवन-२ बाट उम्मेदवारी दिएका हुन् । शिक्षा र स्वास्थ्यलाई सेवामा रुपान्तरण गर्नका लागि समेत राजनीतिमा होमिएको उनी भन्दै आएका छन् ।

सुशासन, समृद्धि र सुसंस्कृत समाज निर्माणका एजेण्डालाई समेत अगाडि सारेर श्रेष्ठले चितवन-२ बाट चुनावी अभियान थालेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com