भरतपुर अस्पतालको उत्कृष्ट कर्मचारी नर्स उषा न्यौपाने


काठमाडौं । भरतपुर अस्पतालको उत्कृष्ट कर्मचारी स्टाफ नर्स उषा न्यौपाने भएकी छिन् । अस्पतालले प्रसूति वार्डमा कार्यरत नर्स न्यौपानेलाई असोज महिनाको उत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरेको छ ।

आज १ बजे आयोजना गरिने एक कार्यक्रमबीच उनलाई उत्कृष्ट कर्मचारीको रुपमा  ५ हजार रुपैयाँ र प्रमाणपत्रसहित सम्मान गरिने अस्पतालले जनाएको छ । भरतपुर अस्पतालका अनुसार वर्षको उत्कृष्ट कर्मचारी वार्षिकोत्सवहरुमा दिने गरिए पनि यस महिनादेखि “The best Employee of the month of Bharatpur hospital” दिन लागिएको हो ।

उत्कृष्ट कर्मचारी छनौटका आधारहरु Professionalism, Dutifullness, Discipline, बिरामी, सेवाग्रही, सहकर्मीसँगको व्यवहार/बोलिचाली लाई लिइएको अस्पतालको दाबी छ । असोज महिनामा उत्कृष्ट बनेकी स्टाफ नर्स न्यौपाने ०६८ सालमा करार सेवामा भरतपुर अस्पतालमा प्रवेश गर्नुभएको हो र विगत ४ वर्षदेखि लेवर रुममा कार्यरत छिन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com