बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि भोलिसम्म खुवाइने


काठमाडौं । सरकाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि भोलिसम्म खुवाउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भिटामिन ‘ए’ र जुकाको औषधि आज र भोलि खुवाउने कार्यक्रम छ ।

कार्तिक २ र ३ गते ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले अपिल गरेको छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com