स्वास्थ्य सचिव गुरागाईले राज्यमन्त्रीलाई भनिन् ‘आईतबार मन्त्रालयमै भेट्न पाउँ’


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई भेट्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली अस्पताल पुगेको छ । स्वास्थ्य तथा जनसंख्या सचिव देवकुमारी गुरागाई सहित अस्पताल पुगेको टोलीले मन्त्री केसीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो ।

राज्यमन्त्री केसीलाई डेंगु संक्रमण पुष्टि भएपछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका छन् । गत शुक्रवार सामान्य ज्वरो र टाउको दुख्ने समस्या देखिएपछि केसीले डेंगु परीक्षण गराएका थिए ।

अस्पतालमा मन्त्री भेट्न पुगेकी सचिव गुरागाईले स्वास्थ्य लाभको कामना गर्दै आगामी आईतबार सँगै मन्त्रालयमा भेट्ने अपेक्षा समेत गरेकी छन् । ‘आईतबार मन्त्रालयमै भेट्नेगरि चाँडो निको हुनुहोस्’, सचिव गुरागाईले भनिन् ।

राज्यमन्त्री केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नीति योजना प्रमुख डाक्टर कृष्ण पौडेल, उपसचिव मोहन निरौला पनि सचिव सँगै गएका थिए । मन्त्री केसीले कोरोनाभन्दा डेंगु निकै जटिल भएको प्रतिक्रिया दिएका थिए । उनले कसैले पनि डेंगुलाई कमजोर नठान्न समेत आग्रह गरेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com