प्रचण्ड पत्नी सीता दाहाल मेडिसिटीको आईसीयूमा


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहाल ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार सीताको स्वास्थ्य अवस्था गम्भीर रहेकाले आईसीयूमा राखेर उपचार भइरहेको छ । प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) रोगले अस्वस्थ उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि आईसीयूमा राखेर उपचार थालिएको हो । मधुमेह र उच्च रक्तचापले समेत उनको स्वास्थ्यमा थप समस्या देखा परेको छ ।

अघिल्लोपटक २०७४ को प्रतिनिधिसभामा चितवन क्षेत्र नम्बर तीनबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका प्रचण्ड चुनावी कार्यक्रममै खटिरहँदा छोरा प्रकाश दाहालको दुःखद निधन भएको थियो । यसपटक पनि चुनावी कार्यक्रममै सक्रिय भइरहँदा उनकी धर्मपत्नी सीतालाई मेडिसिटीको आईसीयूमा राखेर उपचार गर्नु पर्ने बाध्यता आइपरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com