नेपालमा देखियो डेंगुको नयाँ प्रजाती ‘सेरोटाइप थ्री’


काठमाडौं । नेपालमा यस वर्ष डेंगुको नयाँ प्रजाती पत्ता लागेको छ । हालै वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले डेंगुको प्रजाती पत्ता लगाएको हो । संक्रमितको नमुना परिक्षण गर्दा ‘सेरोटाइप थ्री’ पुष्टि भएको छ ।

रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा यस अगाडी सेरोटाइप वान र सेरोटाइप टु पुष्टि भएको थियो । सन् २०१९ मा धरानमा डेंगु आउटब्रेक हुदा गरिएको सेरोटाइप परिक्षणमा वान र टु पुष्टि भएको थियो । त्यस समयमा देशभर करिब १७ हजार संक्रमित भएका थिए ।

यस वर्ष डेंगु ७७ जिल्लामा फैलिएको छ । राजधानी सहित देशका १० जिल्लामा अत्याधिक संक्रमित छन् । दैनिक तीन हजार भन्दा बढी केस पुष्टि भएका छन् । हाल सम्म ५० जना भन्दा बढीको मृत्यु भएको सरकारी तथ्यांक रहेको छ । ४० हजार बढी संक्रमित छन् ।

डेंगुले महामारीको रुप लिएपछि यसले भाइरसको स्वरुप परिवर्तन गरेको अनुमानका आधारमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सेरोटाइप परिक्षण गर्न २५० नमुना केही समय अगाडी ल्याइएको थियो । तर, विश्व स्वास्थ्य संगठन डब्लुएचओले रिएजेन्ट नदिदा परिक्षण रोकिएको छ ।

डब्लुएचओको असहयो पछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने आफैले परिक्षण गरेको छ । उक्त परिक्षणमा सेरोटाइप टु र थ्री पुष्टि भएको हो । यस बारे स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्न बाँकी छ । विज्ञहरुले यस विषयमा गहन छलफल गरिरहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com