वीरमा मिर्गौैला प्रत्यारोपण गर्दा गम्भीर लापरबाही

प्रत्यारोपणका लागि मिर्गौला झिकेर चिकित्सकले म्याचिङ भएन भनेपछि..


काठमाडौं ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा मंगलबार गरिएको मिर्गौला प्रत्यारोपणमा गम्भीर लापरबाही भएपछि घटना गुपचुप बनाइएको छ । पीडित र प्रशासनबीच कयौंपटक संवाद भइरहेकाे छ । उक्त घटना स्वास्थ्य लाइभसमक्ष आइपुगेको छ ।

पीडित पक्षले दिएको जानकारी अनुसार घटना मंगलबारको हो । वीरका चिकित्सकले धादिङ गल्छी गाउँपालिका निवासी एक महिलाको मिर्गौला प्रत्यारोपणमा गम्भीर लापरबाही गरेको पीडित पक्षको आरोप छ । अन्दाजी ३१ वर्षकी महिलालाई उनकी सासुले मिर्गौला दान दिएकी थिइन् ।

चिकित्सकले प्रत्यारोपणका लागि मंगलबार सासुको बुहारीलाई दिन मिर्गौला ओपन गरिसकेका थिए । तर, मिर्गौला बाहिर झिकेपछि चिकित्सकले सासुको मिर्गौला बुहारीलाई म्याचिङ भएन भनेपछि समस्या आएको हो । ‘मिर्गौला लिने महिला गल्छी गाउँपालिका वडा सदस्य समेत हुन्’, एक उच्च अधिकारीले भने । गए को निर्वाचनमा पनि उनी निर्वाचित सदस्य थिइन् ।

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्न डा. अनिल श्रेष्ठ र पारस श्रेष्ठले लाइसेन्स पाएका छन् । लाइसेन्स पाएका चिकित्सकले मिर्गौला झिकेर मिल्दैन भन्नु गम्भीर विषय भएको अधिकारीहरु बताउँछन् । प्रत्यारोपण गर्ने चिकित्सकले भने लाखौंमा एक केस यस्तो हुने बताउँन थालेका छन् । याे पन्छिने गतिलाे बाहना हाे । आराेपित चिकित्सक बाहनाबाजीमा पीडित फकाउने काम गर्दै आएका छन् । हुन त गल्ती गर्नेले मैले गल्ती गरे कहिल्यै भन्दैन । यसको निष्पक्ष छानबिन हुनुपर्छ ।

चिकित्सक माथि हातपात गर्ने र धम्की दिने नागरिकलाई बिना धरौटी जेल चलान गर्न सेवा नै ठप्प पार्ने नेपाल चिकित्सक संघ यी दुई चिकित्सकमाथि छानबिन गरी कारबाही गर्छन् वा गर्दैनन् त्यो हेर्न बाँकी छ । नागरिकबिरुद्ध बोल्ने तर चिकित्सकमाथि चिकित्सक संघ नबोले यसको दण्ड नागरिक स्वयंले दिनु पर्ने अधिकारीहरु बताउँछन् ।

प्रत्यारोपणमा संलग्न चिकित्सकलाई नियन्त्रणमा लिएर सत्यतथ्य छानबिन गर्नुपर्ने आवाज उठ्न थालेको छ । स्वास्थ्य लाइभलाई आएको जानकारी अनुसार चिकित्सको टोलीसँग पीडित भोलि बस्दैछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com