बलबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम दिन


काठमाडौं । बलबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने आज अन्तिम भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम कार्तिक २ र ३ रहेको छ । आज ३ गते भएकाले भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्रमा लग्न सरकारले आग्रह गरेको छ ।

६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले अपिल गरेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com