नायिका वर्षा शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’


काठमाडौं ।  नायिका वर्षा शिवाकोटी ‘माइनर हार्ट अट्याक’ भएको चिकित्सकले जनाएका छन् ।  उनको स्वास्थ्यमा अचानक समस्या आएपछि परिवारका सदस्यले नेपाल मेडिसिटी अस्पतालमा पुर्याएका थिए । नायिका शिवाकोटीलाई ‘माइनर हार्ट अट्याक’ भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।  अहिले उनी स्वास्थ्य लाभ गरिरहेकी छिन् । बुधबार आफूलाई ‘माइनर हार्ट अट्याक’ भएको सामाजिक सञ्जालमार्फत जानकारी दिएपनि उनको फेसबुक एकाउन्ट अहिले निस्क्रिए पारिएको छ ।

नायिका शिवाकोटीलाई हार्ट अट्याक कै कारण परिवारले मेडिसिटी अस्पताल पुर्याएको र सामान्य उपचारपछि उनी अहिले घरमै आराम गरिरहेको जनाइएको छ । वर्षका समर्थकहरु  स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

नायिका शिवाकोटी केही समय अघि मात्रै आशिष गेलालसँग बिबाह बन्धनमा बाधिएकी थिइन् । उनीहरूबीचको सम्बन्धलाई लिएर अनेक चर्चा गर्न थालिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com