सोमबार बानेश्वरमा वृहत्त रक्तदान कार्यक्रम


काठमाडौं । यहीँ कार्तिक ७ गते सोमबार बानेश्वर महादेवस्थानमा वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

रत्न पुस्तकालयको हीरक महोत्सव २०७९ को उपलक्ष्यमा रत्न पुस्तकालय परिसरमा सोमबार वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

 

श्री रत्न पुस्तकालय (महाकवि देवकोटा रक्तकोष), नेपाल पूजा प्रतिष्ठान (पौड्याल “बाबा” रक्तकोष), लायन्स क्लब अफ काठमाडौं पिस आईज र नेपाल रेडक्रस सोसाइटी, बानेश्वर उपशाखाको संयुक्त आयोजनामा उक्त रक्तदान कार्यक्रम राखिएको हो । आयोजक संस्थाहरुले रक्तदान कार्यक्रममा सहभागी भई अमूल्य रक्तदान गरिदिन अनुरोध समेत गरेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com