स्वास्थ्य राज्यमन्त्री आईसीयूमा


काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीलाई आइसीयुमा भर्ना गरिएको छ । डेंगु संक्रमण पछि मंगलबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका मन्त्रीको स्वास्थ्य बिग्रिएपछि वीर अस्पताल भर्ना गरिएको छ ।

बुधबार राती ८ बजे उनलाई वीर अस्पताल भर्ना गरिएको अस्पतालका कार्यकारी अधिकारी प्राध्यापक डाक्टर भुपेन्द्र कुमार बस्नेतले बताए । उनका अनुसार स्वास्थ्यमा केही सुधारको संकेत देखिएको छ ।

डेंगु संक्रमण पछि मन्त्री केसीको प्लेटलेट ४० हजार भन्दा तल झरेको थियो । बुधबार राज्यमन्त्री केसी भेट्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली टेकु अस्पताल पुगेको थियो । स्वास्थ्य तथा जनसंख्या सचिव देवकुमारी गुरागाई सहित अस्पताल पुगेको टोलीले मन्त्री केसीको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com