माओवादीले दलित डाक्टरलाई बनायो चुनावी एजेण्डा


काठमाडौं । माओवादीले डाक्टर पेशालाई चुनावी एजेण्डा बनाएको छ । सामाजिक सञ्जालमा माओवादीले दलित डाक्टरलाई चुनावी एजेण्डा बनाएको कुरा भाइरल छ ।

सामाजिक सञ्जाल  हातमा हथौडा बोकेर फलाम पिट्दै गरेका एक व्यक्ति र डाक्टरको फोटो राखेर ‘छोरो डाक्टर भएर आयो माओवादीले दलितलाई विशेषाधिकार भनेर लडेको भए… आजको यो खुशी सम्भव हुन्थ्यो र ?’ भन्ने प्रचार सामग्री भाइरल गराइएको छ ।

चिकित्सा शिक्षामा दलितलाई कोटा माओवादीले नै दिलाएकाले दलितको छोरा डाक्टर बनेको हो भन्ने कुरालाई स्थापित गर्न माओवादी केन्द्रले सामाजिक सञ्जालमार्फत प्रसार सामग्री भाइरल गराएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com