स्व. सत्यमोहन जोशीको उपचारमा कति गर्‍यो किष्टले खर्च ?


काठमाडौं । वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको पार्थिव शरीर किष्ट अस्पतालले सुरक्षित राखेको छ ।

गत आईतबार यो धर्तीबाट अलप भएका जोशीको सम्पूर्ण उपचार खर्च आफैले बेहोर्ने किष्ट मेडिकल कलेज तथा शिक्षा अस्पतालले घोषणा गरेको थियो । जोशीको मृत शरीर अध्ययनका लागि राख्ने सौभाग्य पाएको किष्टले उनको उपचारमा कति खर्च गर्‍यो त यो चासोको विषय बनेको छ ।

जोशीले आफ्नो शरीर मृत्युपछि किष्ट अस्पताल दान दिने घोषणा गरेका । त्यसैले किष्ट मेडिकल कलेजले उनको शरीर अध्ययनका लागि राख्ने अवसर पायो । जोशीका छोराहरुले चिनालाई जलाएर उनको अन्तिम संस्कार गरे ।

स्वास्थ्य लाइभले जोशीको शरीर दान किष्ट अस्पतालले पाउने किष्ट अस्पतालसँग जोशीको स्वास्थ्य उपचारको विषयमा चासो राख्दा उनको स्वास्थ्य उपचारमा भएको खर्चको विवरण नराखिएको अस्पतालले जनाएको छ ।

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालले जोशी दम्पतिको सम्पूर्ण उपचार निःशुल्क गर्ने घोषणा गरेको थियो । विगत दुई वर्षदेखि किष्टले घरमै नर्स र डाक्टर पठाएर जोशीको स्वास्थ्य उपचार गर्दै आएको थियो ।

किष्टका प्रमुख प्रा.डा. बालमानसिंह कार्की सत्यमोहन जोशीको उपचार खर्चको विवरण आफूहरूले नराखेको र नराख्ने बताउँछन् । ‘हामीले आफ्नो कर्तव्य पूरा गरेका छौं । यो हाम्रो धर्म हो । किष्टले निस्वार्थ रुपमा जोशीको सम्पूर्ण उपचारको जिम्मा लिएकाले यो विषयमा हामी बोल्दैनौ’, डा. कार्कीले भने ।

स्वास्थ्य लाइभसँगको कुराकानीमा जोशीको उपचार खर्चको विवरणको विषयमा खुल्न नचाहेेका डा. कार्कीले उनलाई तीनपटक अस्पताल भर्ना गरेर उपचार गरेको कुरा भने खुलाए ।

योपटक ४ हप्ता बढी किष्ट अस्पतालमै भर्ना गरेर जोशीको उपचार गरिएको थियो । जोशीको उपचार खर्चको विषय किष्ट गरेको योगदान जस्तै राष्ट्रिय जीवनमा योगदान पुर्‍याएका विशिष्ट व्यक्तिहरूलाई अन्य अस्पतालले यसरी उपचारको जिम्मा लिए साँच्चै सम्मान हुने थियो । जोशीप्रति किष्टको यो अमूल्य योगदान र सम्मान समेत हो ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com