वीर अस्पताल द्वारा दन्त सेवाकाे बिस्तार, बर्षाै पालाे  कुर्नुपर्ने बाध्यता हट्याे


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालमा दन्त सेवाकाे बिस्तार भएकाे छ । सानाे र साघुराे काेठामा सुरु भएको सेवा विस्तार सगै फराकिलो स्थानमा सेवा सुरु भए सँगै गरिब तथा विपन्न नागरिककाे पहुँचमा वीरकाे दन्त सेवा पुगेकाे छ ।

पेइङ मेडिकल वार्ड संचालन भएको स्थानमा १७ वेड राखेर दन्त सेवा सुरु गरिएकाे छ । दन्त विभाग प्रमुख डाक्टर शैली प्रधानले सेवा विस्तारले बर्षाै अगाडिको याेजना र चाहना पुरा भएकाे बताइन् ।

“वीरकाे दन्त विभाग सानाे भएकाले सिमित वेडबाट मात्रै सेवा दिन सकिएकाे थियाे अब केही सहज भएकाेछ तर, याे पुर्ण भने हैन ।” डा प्रधानले भनिन उनले सर्जिकल भवनकाे एक तला दन्त सेवाका लागि उपलब्ध गराएकाे खण्डमा अन्तरार्ष्ट्रिय स्तरकाे सेवा दिन सकिने दाबी गरिन् ।
डाक्टर प्रधानकाे भनाइ अनुसार वीर अस्पतालमा दात दुखेकाे मात्रै सामान्य उपचार सेवा लिन पनि डेढ बर्ष पर्खनु पर्ने अत्यन्तै दु:ख लाग्दो अवस्था थियाे । हाल सेवा बिस्तार पछि ४८ वेड पुगेकाे छ । अब त्याे समस्या तत्काल समाधान गर्न सकिन्छ डा प्रधानले भनिन् ।

दन्त सेवा बिस्तार सँगै प्याथाेलाेजी सेवा पनि थप गरिएको छ । काेभिड -१९  युनिफाइड केन्द्रीय अस्पतालका कार्यकारी निर्देशक डाक्टर भुपेन्द्र कुमार बस्नेतले अब दन्त सेवा सबै नागरिकको पहुँचमा सहज हुने बताए । विगतमा भाेगेकाे दु:ख अब नदाेहाेरिने पनि बस्नेतले बताए ।

डाक्टर बस्नेतले नर्सिङ स्टाफ कम भएकाले सेवा प्रवाहमा केही असहज अवस्था जारी रहेकाे सुनाए । जनशक्तिको उचित व्यवस्थापन नभएपनि आम नागरिकलाइ सहज र गुणस्तरीय सेवा प्रवाह गर्न सधै अग्रसर भएकाे  बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डाक्टर राेशन पाेखरेलले सबै खाले स्वास्थ्य उपचार वीरमा हुन्छ भन्ने बनाएकोमा सम्बद्द सबैलाई धन्यवाद दिए । उनले थपे वीरमा नभएकाे सेवा अन्त सम्भावना पनि हुदैन । सचिवले बिरामीको अवस्था हेरेर त्यही अनुसारकाे सेवा दिन पनि अनुराेध गरे । देशका अति दुर्गम स्थानबाट सेवा लिन बिरामी आउने भएकाले उनिहरुकाे आर्थिक र सामाजिक पाटाेलाइ ध्यान दिन अनुराेध गरे ।

“जनशक्तिले सेवामा असहज हाेला सचिवले भने, त्यसलाई सहज गर्ने पक्षमा हामी छाैं । नयाँ भवनको सदुपयोग हाेस् खाली देख्दा बिरक्त लाग्छ ।” श्रोत र साधनको अधिकतम प्रयोग गरी उच्चस्तरको सेवामा प्रवाहमा जोड दिए।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com