सूर्यग्रहण लाग्दा बिरामीले खाना खान हुन्छ ?


काठमाडौं ।  आज साँझ ४ बजेर ५२ मिनेटमा सूर्यग्रहण सुरू भएर ५ बजेर २४ मिनेटमा अन्त्य हुने जनाइएको छ । उक्त ग्रहण लाग्नुभन्दा  १२ घण्टा पहिलेदेखि सुतक लाग्ने गरेको छ । उक्त अवधिमा भोज गर्न निषेध गरिएको छ । तर बालक, बृद्ध र बिरामीहरुलई भने उक्त अवधिमा भोजन गर्न निषेध गरिएको छैन ।   ग्रहणको अवधिभरी बिरामी र अशक्तबाहेकले सुत्न नहुने शास्त्रीय मान्यता छ ।

ग्रहण अवधिभर गर्भवती महिला घरबाट बाहिर निस्कन नहुने र ग्रहणलाई सुरक्षा बिना प्रत्यक्ष आँखाले हेर्नु हुँदैन भनिएको छ ।ग्रहण समयमा विशेषगरी गर्भवती मात्र होइन बच्चा, रोगी र ज्येष्ठ नागरिक ग्रहणको समय खुल्ला आकाशमा निस्किन नहुने बताइएको छ । ग्रहण लाग्नु करिब १२ घण्टा अगाडिबाट भोजन गर्न नहुने र कुनै पनि शुभकार्य र पूजा गर्न नहुने शास्त्रीय मान्यता छ ।

ग्रहण लागेको बेला के गर्नु हुँदैन ?

ग्रहण लागेको बेला कुनै पनि शुभ कार्य वा कुनै पनि कार्यको थालनी गर्न नहुने मान्यता छ ।  ग्रहण लागको बेला सुत्केरी, अशक्त तथा बालबालिकाबाहेकले भोजन गर्न नहुने शास्त्रीय मान्यता छ ।

ग्रहण लागेको समयमा चुल्हो बाल्न, जुठो राख्न तथा लिपपोत गर्न बर्जित गरिएको छ ।  ग्रहण अवधिभरी कुनै पनि देवी-देवताको मुर्ति, तुलसी, शालिग्रामलाई छुन नहुने मान्यता छ । ग्रहणको अवधिभरी बिरामी र अशक्तबाहेकले सुत्नु नहुने र ग्रहण लागेको बेला कोहीसँग झगडा गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ग्रहण अवधिभर कसैसँग झुटो बोल्ने वा कुनै वाचा गर्न नहुने तथा ग्रहण अवधिमा चक्कु, छुरी वा धारीलो हतियारको प्रयोग नहुने मान्यता छ ।  त्यस्तै ग्रहण अवधिमा पूजा गर्न नहुने, नुहाउन नहुने र त्यस्तो गर्दा अशुभ हुने भनिएको छ ।

ग्रहण लाग्दा के गर्न हुन्छ ?

ग्रहण सुरू हुनासाथ ॐ नमो शिवायको जप गर्नाले स्वास्थ्य लाभ हुने कुरा शास्त्रमा भनिएको छ ।

ग्रहण लागेको बेला भगवानको ध्यान तथा भजन गर्ने, आदित्य हृदय स्तोत्रको पाठ गर्ने, महामृत्युंजय मन्त्रको जप गर्ने राम्रो हुने मानिएको छ । ग्रहणको नराम्रो प्रभावबाट बच्न श्रीमद्भागवत् गीता पाठ गर्नु उत्तम हुने शास्त्रमा वर्णित छ ।

ग्रहण लागेको बेला आटा, चामल, चिनी, दाल दान गर्दा राम्रो हुने मान्यता छ ।  ग्रहण समाप्त भएपछि घरका हरेक कोठामा गंगाजल छरेर मात्र प्रवेश गर्नुपर्छ भनिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #सूर्यग्रहण

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com