बिरामीको उपचारमा गम्भीर लापरबाही हुँदा नबाेलेकाे चिकित्सक संघ चिकित्सक कुटिदा बाेल्याे


काठमाडौं । बिरामीको उपचारमा गम्भीर लापरबाही गर्ने वीर अस्पतालका चिकित्सक डा. पारसमणी श्रेष्ठ र डा. अनिल श्रेष्ठकाे बिषयमा सुतेकाे चिकित्सक संघ चिकित्सकलाई झापड हानेपछि ब्युँझिएकाे छ ।

संघले गाेरखा जिल्ला अस्पतालमा ड्युटीका चिकित्सक कुटिएकाे भन्दै आपत्ति जनाएको हाे । गत कार्तिक ६ गते ड्युटीमा रहेका बेला डा.अविनाश पराजुलीमाथि कुटपिट भएको थियाे ।

बिरामी महिलाका पति र अन्य दुई जनाले अस्पतालको कोठामा पसेर डा. पराजुलीमाथि लात्ती र मुक्का प्रहार गरेका थिए । चिकित्सक संघले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा कार्यारत चिकित्सकमाथि कुटपिट गर्नु  आपत्तिजनक भएको भन्दै तत्काल छानबिन गरि दाेषीलाई आवश्यक कारबाही गर्न माग गरेकाे छ ।

चिकित्सक संघले पनि आफू अनुकूल मात्रै बाेल्दै आएकाे यहिँ विज्ञप्तिमार्फत पनि स्पष्ट हुन्छ । गत हप्ता वीर अस्पतालमा कार्यारत दुई चिकित्सक डा. पारसमणि श्रेष्ठ र डाक्टर अनिल श्रेष्ठले मिर्गौला प्रत्याराेपणकाे तयारी स्वरुप मिर्गौला झिकेर अन्तिममा नमिल्ने भन्दै छाडेर भागेका थिए । तर, चिकित्सा क्षेत्रमा निकै कम ज्ञान भएका उनीहरुकाे कारबाही र छानबिनका विषयमा चिकित्सक संघ चुइक्क बाेलेकाे छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com