गर्छौ ‘फ्री’ स्वास्थ्य र शिक्षामा भन्दै उमेश श्रेष्ठ नाचेको भिडिओ भाइरल


चितवन । पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ गर्छौ ‘फ्री’ स्वास्थ्य र शिक्षामा भन्दै कार्यकर्तासँग नाचेका छन् ।

नेपाली कांग्रेसको तर्फबाट चितवन क्षेत्र नम्बर २ बाट प्रतिधिसभा उम्मेदवार बनेका श्रेष्ठ देउसी र चुनावी अभियानको शिलशिला गर्छौ ‘फ्री’ स्वास्थ्य र शिक्षामा भन्ने गीतमा नाचेको भिडिओ भाइरल बनेको छ । पौडेल कल्पु नामको टिकटक आईडी चलाउने कांग्रेस कार्यकर्ताले हालेको श्रेष्ठ नाचेको उक्त भिडिओ टिकटमा भाइरल बनेको हो ।

 

चल्छ कांग्रेस जनताको इच्छामा, गर्छौ ‘फ्री’ स्वास्थ्य र शिक्षामा भन्ने बोलको गीतमा कार्यकर्तासँग राज्यमन्त्री श्रेष्ठ नाच्दै गरेको भिडिओले टिकटक तताएको छ ।

निजी क्षेत्रको स्वास्थ्य र शिक्षामा लगानी गरेका श्रेष्ठ स्वास्थ्य र शिक्षामा फ्री गर्छौ भन्दै नाच्दा लिटल एन्जलस कलेज र जनमैत्री अस्पतालमा चर्को शुल्क तिरेर पढ्ने र उपचार गर्नहरु भने मुसुमुसु हाँसिरहेका होलान् ।

आफूले लगानी गरेको स्वास्थ्य र शिक्षामा संस्था ट्रष्टमार्फत सञ्चालन गर्ने र हस्तान्तरण गर्ने घोषणा गरेका राज्यमन्त्री उमेश श्रेष्ठले स्वास्थ्य र शिक्षामा फ्री गर्ने सम्भावनालाई भने नकार्न सकिन्न ।

चितवन कै प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका डा. भोजराज अधिकारी मंसिर ४ पछि लालपूर्जा दिन्छु भाबुक बनेको भिडिओ टिकटकमा भाइरल बनेका बेला उमेश श्रेष्ठ पनि भाइरल हुने प्रतिस्पर्धामा आएका हुन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com