इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको निधन


सुनसरी । इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको निधन भएको छ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १० मा शुक्रबार साँझ दुई मोटरसाइकल जुध्दा ३ जनाको निधन भएको हो । मोटरसाइकल दुर्घटनमा परी निधन हुनेमा धरान उपनगरपालिकाका वडा नम्बर १५ का ४० वर्षीय राजन राई र ३२ वर्षीय शम्भू राई तथा मोरङ जिल्ला  बूढीगङ्गा गाउँपालिका वडा नम्बर १ का ३० वर्षीय ओजराज लुइँटेल रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक राजकुमार राइले जनाए ।

विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ४प १४१० नम्बरको मोटरसाइकल र इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४१ प ४४११ नम्बरको मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकलमा सवार तीनै जना गम्भीर घाईते भएको र उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा गम्भीर घाइते भएका उनीहरूको जनाको विराटनगरस्थित आर्य न्यूरो हस्पिटलमा मृत्यु भएको प्रहरीको भनाइ  छ ।  इटहरीमा  ज्यानै जाने गरी भएको दुुर्घटनाले ट्राफिक व्यवस्थालाई समेत चुनौती दिएको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com