छठको दिन पनि भरतपुर अस्पतालको ओपीडी खुला रहने


काठमाडौं । छठको सार्वजनिक विदामा पनि भरतपुर अस्पतालको ओपीडी खुला रहने भएको छ । भरतपुर अस्पतालका अनुसार कार्तिक १३ गते आइतवार छठको सार्वजनिक विदा भएपनि अस्पतालमा पेइङ ओपिडी सञ्चालनमा रहनेछ ।

बिरामीहरुको अनुरोधलाई ध्यानमा राखेर छठको दिन पनि ओपीडी सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको अस्पतालको भनाइ छ ।

डा. सजन केसी गाइनो, डा. गोविन्द कँडेल मेडिसिन, डा. रमेश थापा अर्थोपेडिक्स, डा. निरज रामदाम सर्जरी, डा. लाल बहादुर गुरुङ ईएनटी, डा. उमेश थापा डर्माटोलोजी, डा. सुरेश प्रधान प्लास्टिक सर्जरी, डा. मणि गौतम कार्डियोलोजी, डा. समज गौतम स्पाइनको ओपीडीमा रहने छन् । त्यस्तै डा. प्रमोद पौडेल पोडियाट्रिक्स, डा. नरेन्द्र दराई रेडियोलोजिस्ट, डा. रविन ढकाल र ओम कृष्ण पाठकले ओपीडीमा सेवा दिने अस्पतालले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com