आयोगलाई ढाट्ने डाक्टर कार्की निर्वाचन लड्न अयोग्य


काठमाडौं । निर्वाचन आयोगलाई ढाट्ने एक जना चिकित्सकको उम्मेदवारी रद्ध भएको छ । निर्वाचन आयोगले आफुलाई ढाटेर विवरण बुझाएको भन्दै डाक्टर तोसिमा कार्कीको उम्मेदवारी खारेज गरिदिएको छ । कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य समेत थिईन् ।

नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य रहेकी उनले निर्वाचन आयोगलाई सरकारी कोषबाट तलब भत्ता वा आर्थिक सेवा सुबिधा पाउने गरी कुनै लाभको पदमा नभएको झुठो बिवरण बुझाएकी थिईन् । तर, उनले बुझाएको विवरणलाई मात्रै आधार नबनाई आयोगले आफै अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानबाट डा कार्कीले आयोगलाई ढाटेको पुष्टि भएसँगै उम्मेदवारी खारेज भएको हो ।

डा कार्की ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी थिईन् । आयोगले बताए अनुसार कार्कीले मासिक तलब नपाए पनि बैठक र अनुगमन भत्ता पाउने र उनी सदस्य भए यता एक लाख ३६ हजार पाँच सय रुपैयाँ आर्थिक लाभ लिएको देखिएको भन्दै आयोगको शनिवार बसेको बैठकले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

क्याटेगोरी : सार्वजनिक सरोकार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com