एउटै औषधि नर्भिकमा तीन गुणा महँगोमा बिक्री


काठमाडौं । नर्भिक अस्पतालमा बिक्री गर्न राखिएको जीवनरक्षक औषधिको मूल्य नागरिकको ढाड सेक्ने गरी महँगोमा बिक्रीवितरण गरेको फेला परेको छ । अझ सरकारी भाषामा भन्ने हो भने त्यो सरासर ठगी हो । एउटै औषधि बाहिरको फार्मेसीमाभन्दा तीन गुणा महँगोमा बेचेको स्वास्थ्य लाइभले फेला पारेको हो ।
औषधिमा भएको विकृत्ति विसंगति कालोबजारी रोक्ने काम औषधि व्यवस्था विभागको क्षेत्राधिकारभित्र पर्छ । तर, औषधिमा खुलेआम नागरिक ठगिदा नियमनकारी निकाय कमिसन पाउने स्थानको मात्रै अनुगमनमा हिँडिरहेको पाइन्छ ।
देशको विवादित अस्पताल नर्भिकले आफ्नै अस्पतालभित्र सानो औषधि पसल चलाएको छ । उक्त औषधि पसलमा चरम ठगी गरी औषधि बिक्रीवितरण भइरहेको छ । एक सय एमएलको पारासिटामोल मूल्य बाहिर बजारमा २ सय ६४ रुपैयाँ रहेको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल फार्मेसीमा खरिद गरेको त्यही औषधिको मूल्य प्रति पिस २६४ रुपैयाँ रहेको छ । तर, नर्भिकमा त्यही औषधिको मूल्य प्रति पिस ६८१ रुपैयाँ रहेको छ ।
‘सामान्य औषधिको मूल्यमा यति ठूलो फरक छ भने महँगा औषधिमा के’, अधिकारीहरुले भनेका छन् ।
यसलाई ती अधिकारीहरुले नर्भिकको ठगी धन्दा भनेका छन् । औषधिमा नर्भिकले लुटतन्त्र मच्चाइरहेको यो घटनाले पुष्टि गर्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com