यस्तो छ एमालेको घोषणापत्रमा स्वास्थ्यसम्बन्धी संकल्प

महिलालाई महिनावारी हुँदा स्यानिटरी प्याड किन्न वार्षिक १५ सय दिइने


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेले घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको ५ तारे होटल याक एण्ड यतिमा एक कार्यक्रम गरेर एमालेले चुनावी घोषणापत्र जारी गरेको हो ।

एमालेले घोषणापत्रमा स्वास्थ्यसम्बन्धी विशेष संकल्प गरेको छ । ‘निरोगी नेपाल’ नेकपा एमालेको मुख्य स्वास्थ्य नीति रहेको छ । यसका लागि निरोधात्मक र प्रतिरोधात्मक दुबै पद्धतिको अम्वलम्बन गर्दै स्वास्थ्य सेवालाई सर्भसुलभ र गुणस्तरीय बनाउने एमालेको प्रतिबद्धता रहेको छ ।

स्वच्छ विचार, सकारात्मक चिन्तनदेखि ‘भान्सा नै औषधलय हो भान्सालाई विषमुक्त गरौँ’ अभियान सञ्चालन गरी आहार- व्यवहारमा जनसचेताको विकास गर्ने एमालेको संकल्प छ ।

सबै नागरिकलाई मुलकभित्रै प्राथमिकदेखि अति जटिल र विशिष्टीकृत सम्पूर्ण स्वास्थ्य उपचार सेवाको ग्यारेन्टी गरिने एमालेको चुनावी प्रतिबद्धता रहेको छ ।

आगामी ५ वर्षभित्र सम्पूर्ण नेपाली स्वास्थ्य बीमा गरिसक्ने, ६० वर्ष माथिका नागरिकका लागि उच्च रक्तचाप र मधुमेह रोगको निःशुल्क परीक्षण तथा औषधि उपलब्ध गराउने एमालेको घोषणापत्रमा उल्लेख छ ।

महिनावारी उमेर समूहका महिलाका लागि स्यानिटरी प्याड अन्य बैकल्पिक साधन खरिदका लागि वार्षिक १ हजार ५ सय रुपैयाँ भत्ता, स्थानीय तहमा २४ सैं घण्टा एम्बुलेन्स सेवा, राष्ट्रिय प्रत्यायन प्राधिकरण स्थापना, ४० वर्ष माथिका र औषधि उपचार गरिरहेका नेपालीलाई नि:शुल्क स्वास्थ्य परीक्षण गरिने एमालेको प्रतिबद्धता रहेको छ ।

यस्तो छ एमालेको चुनावी घोषणापत्र

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com