चिकित्सा शिक्षा आयोगले पीजीको एकीकृत प्रवेश परीक्षा स्थगित गर्‍यो


काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षा स्थगित गरेको छ ।

आयोगले सोमबार सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन र अनलाइन आवेदन फारम भर्ने म्याद थप गरिएको जानकारी गराएको हो ।

आयोगले चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिकसम्म तोकिएको समय सीमा बढाएर मंसिर ९ गते अपराह्न ४ बजेसम्मका लागि थप गरिएको जानकारी दिएको छ ।

आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर तहको एकीकृत प्रवेश परीक्षा आगामी मंसिर १०, ११ र १२ गते हुने समयावधि निर्धारण गरेको थियो । हाल स्थगन भएको परीक्षाको तालिका मंसिरको दोस्रो साता प्रकाशन हुने आयोगले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com