‘लौरो अभियान’का १ डाक्टर गए अब ५ डाक्टर बाँकी


काठमाडौं । ‘लौरो अभियान’का १ डाक्टर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनबाट बाहिरिएका छन् । रुपन्देही-२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका लौरो अभियान’का डा. निकोलस उर्फ कमल भुसालको उम्मेदवारी खारेज गर्ने निर्णय सर्वोच्च अदालतबाट खारेज भएसँगै अब ५ जना चिकित्सक मात्रै मैदानमा खडा हुने भएका छन् ।

डा. भुसालबाहेक हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्ह लिएर अरु ५ जना चिकित्सक चुनावी मैदानमा उत्रिएका छन् । रुपन्देही-२ बाट डा. भुसालसहित काठमाडौं-४, ललितपुर-२, सप्तरी-३, सर्लाही-२ र बारा-१ बाट लौरो चुनाव चिन्ह लिएर ६ जना चिकित्सक चुनावी मैदानमा खडा भएका छन् । उनी चुनावी मैदानबट  बाहिरिएसँगै लौरो चुनाव चिन्ह लिएर उठेका ५ जना डाक्टर चुनावी मैदानमा बाँकी रहेका छन् ।

अब लौरो चुनाव चिन्ह लिएर मैदानमा खडा भएका प्रतिनिधिसभा काठमाडौं क्षेत्र नम्बर ४ बाट डा. अर्चन शम्शेर राणा, ललितपुर क्षेत्र नम्बर २ बाट डा. सुदिन शाक्य, सप्तरी क्षेत्र नम्बर ३ बाट डा. नवीन मण्डल, सर्लाही क्षेत्र नम्बर २ बाट डा. वीरबंश बैठा र बारा क्षेत्र नम्बर १ बाट डा. राकेश न्यौपाने बाँकी रहेका छन्  ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com