जनस्वास्थ्यमा भीमसेन दास प्रधानको एजेण्डा ?


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ६ बाट उम्मेदवार बनेका भीमसेन दास प्रधानले जनस्वास्थ्यका मुद्दालाई विशेष प्राथमिकता दिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ६ बाट ह्याट्रिक गर्ने तयारीमा रहेका प्रधानले जनस्वास्थ्यलाई ६ वटा बुँदामा समावेश गरेका छन् ।जनस्वास्थ्यका एजेण्डामा उनले स्वस्थ जीवन, स्वास्थ्य संरचनाको स्तरोन्नति, सेवा विस्तार, सुलभ पहुँच र कोखदेखि शोकसम्म राज्यको जिम्मेवारीलाई विशेष रुपमा उठाएका हुन् । २०७० र २०७४ को निर्वाचनमा उक्त क्षेत्रबाट निर्वाचित भएका प्रधान तेस्रोपटक चुनाव जित्ने रणनीतिमा लागेका छन् । उनको मुख्य प्रतिस्पर्धा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालसँग हुने देखिन्छ ।

स्वास्थ्य सेवा सर्वसुलभ र नागरिकको सहज पहुँचमा पुर्‍याउन आफूले विशेष भूमिका खेल्ने प्रधानको भनाइ छ । यसपटक काठमाडौंका उम्मेदवारहरूले शिक्षा र स्वास्थ्यका मुद्दालाई विशेष जोड दिएको देखिन्छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com