स्वास्थ्य मन्त्रालयसहित सिंहदरबार सुनसान


काठमाडौं । आगामी मंसिर गते हुन गईरहेको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनका कारण रामशाहपथस्थित  स्वास्थ्य मन्त्रालयसहित सिंहदरबार सुनसान बनेको छ । राजनीतिक दलका नेता र कार्यकर्ता चुनावका कारण गाउँ-गाउँमा पुगेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार सुनसान बनेको हो ।

नेपाल सरकारका अधिकांश मन्त्रीहरु उम्मेदवार बनेको र उम्मेदवार नबनेका मन्त्रीहरू पनि चुनावमा सघाउन र अन्य काममा व्यस्त हुँदा मन्त्रालयहरू सुनसान बनेका हुन् । चुनावी सरकार भएकाले खासै काम नहुने र कर्मचारीहरू पनि मन लगाएर काम नगर्ने भएकाले मन्त्रालयहरू सुनसान बनेको प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले बताए । त्यसै त नेपालमा सरकारी कार्यालय खासै काम हुँदैन । ‘अन्य बेला काम लिन बिचौलियाहरू मन्त्रालय धाउने गर्थे । अहिले मन्त्रीहरू र उच्च कर्मचारीहरू मन्त्रालय आउनै छाडेका छन् । त्यसैले सिंहदरबार सुनसान हुन पुगेको छ’, ती अधिकारीले भने ।

मन्त्रीहरू भोट माग्दै जनताको घरदैलोमा पुग्न थालेकाले मन्त्रालयहरू अहिले मन्त्रीबिहीन बन्न पुगेका छन् । स्वास्थ्य मन्त्रालय र सिंहदरबारमा भीड स्वाट्टै घटेको छ । कर्मचारीहरु कार्यकक्षमा भेटिदैनन् । काम लिएर आएकाहरू पनि रित्तो हात फर्किनु पर्ने अवस्था रहेकाले आउनै छाडेका छन् । साँच्चिकै अहिले रामशाहपथ र सिंहदरबारलाई चुनाव लागेको छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #सिंहदरबार, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com