बाइकले हान्दा परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको निधन


काठमाडौं । सिंहदरबारको पूर्वी गेट अगाडि मोटरसाइकल(बाइक)ले हान्दा परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको निधन भएको छ । कार्यालय समय सकिएपछि घर फर्कने क्रममा पूर्वी गेट अगाडि बाटो काट्दै गर्दा उनलाई मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । अनामनगर बस्दै आएकी गम्भीर घाइते सुब्बाको उपचारका क्रममा काठमाडौं मोडल अस्पतालमा निधन भएको जनाइएको छ ।

परराष्ट्र मन्त्रालयले राष्ट्रसंघ महाशाखामा कार्यरत सुब्बा २०७० मा नासु पदबाट परराष्ट्र सेवामा प्रवेश गरेकी हुन् । उनी इजरायलस्थित नेपाली दूतावासको उपनियोग प्रमुख हुँदै परराष्ट्रको महत्त्वपूर्ण शाखामा आइपुगेकी थिइन् । उनै सुब्बाको मोटरसाइकलले ठक्कर दिँदा निधन भएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com