स्वास्थ्य मन्त्रालयकी उपसचिव कार्कीलाई इन्टेग्रिटी आईकन


काठमाडौं । एउटा उखान छ ‘भुक्ने कुकुरले मान्छे टाेक्दैन’ मान्छे टाेक्न नभुक्ने कुकुर चाहिन्छ । यहि उखान अहिले स्वास्थ्य मन्त्रालयकाे एक उपसचिवको हकमा लागू भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धेरैले नाम नसुनेकाे कर्मचारी हाे राेशनी देवी कार्की । उनी कामप्रति पूर्ण बफादार छिन् । लुरुलुरु काम गर्छिन् तर, हल्ला गर्दिनन् । तिनै कर्मचारी आज इन्टेग्रीटी आइकन २०२२ का लागि छनौट भएकी छन् । उनी स्वास्थ्य तथा जनसंख्याको मन्त्रालय मातहतको जेसी शाखा प्रमुख हुन् ।

अकाउन्टविलिटी ल्याब नेपाल सन् २०१४ देखि इन्टेग्रिटी आइकन मार्फत सार्वजनिक संयन्त्रभित्रका त्यस्ता कर्मचारीलाई खोजेर जवाफदेही संयन्त्र निर्माणका लागि थप प्रोत्साहित गर्दै आइरहेको छ । ९ वर्ष अगाडि नेपालबाट सुरु भएको इन्टेग्रीटी आईकन, अभियान हाल विश्वका अन्य १५ देशमा विस्तार भईसकेको छ ।

यस वर्षका इन्टेग्रिटी आईकनहरूलाई देशभरिबाट प्राप्त भएका ४१० मनोनयनबाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, प्रशासनविद् काशिराज दाहाल, पूर्व सचिव जीवनप्रभा लामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र प्राध्यापक तथा आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक डा. सुचेता प्याकुरेल थिए ।

काे हुन् राेशनी देवी कार्की

सानै देखि लैंगिक विभेदविरुद्ध आवाज उठाउने कार्कीको स्वभावले उनलाई सरकारी सेवामा डोर्‍यायो । सरकारी सेवामा आइसकेपछि पनि उनले हरेक क्षेत्र लैंगिकमैत्री हुनुपर्छ भनेर आवाज उठाईन् । महिला खेलाडीलाई सहज होस् भनेर महिला मैत्री कभर्ड हल बनाउन पहल गरिन् । आफ्नै प्रयासमा, आफैँले लेखेर र आफैँले रेकर्ड गरेर बालविवाह, दाईजो प्रथा, सामाजिक कुरिती विरुद्ध र एकद्वार संकट व्यवस्थापन केन्द्रबाट प्राप्त गर्न सकिने सेवा सम्बन्धित विषयमा सन्देशहरू नेपाली, मैथिली, भोजपुरी र स्थानीय भाषामा प्रसारण गरिन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com