पूर्व राष्ट्रपति यादवको स्वास्थ्य उपचारमा फेरि २५ लाख


काठमाडौं । नेपालमा पूर्व राष्ट्रपतिलाई पाल्नै महँगो भएपछि जनतालाई गणतन्त्रप्रति वितृष्णा बढ्न थालेको देखिन्छ । घरभाडा र स्वास्थ्य उपचारका नाममा लाखौं खर्च हुने पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई सरकारले फेरि २५ लाख दिने भएपछि यो विषयले थप विवाद निम्त्याउने अवस्था आएको छ ।

सरकारले चुनावको मुखमा पूर्व राष्ट्रपति यादवलाई वैदेशिक उपचारका लागि २५ लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको पाइएको छ । जनस्वास्थ्य ऐनले वैदेशिक उपचारमा राज्य कोषबाट उपचार खर्च उपलब्ध गराउन निषेध गरेपनि पूर्व राष्ट्रपति डा. यादवको हकमा यो कानून लागू भएन । हुन् त पूर्व प्रधानमन्त्री झलनाथ खनालको उपचारमा पनि सरकारले उक्त कानुनको खिल्ली उडाउँदै करोड बढी वैदेशिक उपचार खर्च उपलब्ध गराएको थियो । अहिले पूर्व राष्ट्रपति डा. यादवको हकमा पनि कानुनी राज्यको उपहास गर्दै २५ लाख दिने निर्णय गरेको पाइन्छ ।

पूर्व राष्ट्रपति डा. यादवले स्वास्थ्य उपचारका लागि भनेर १ करोड मागेका थिए, उनी राज्यबाट पैसाको आशा गरिरहन्छन् ‘ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले स्वास्थ्य लाइभसँग भने, ‘झन्न २५ लाखमै कुरा मिलेछ । स्वास्थ्य उपचार मात्र होइन अरु खर्च पनि राज्यबाट माग्ने हुनाले पूर्व राष्ट्रपति पाल्नै मुस्किल पर्ने अवस्था आएको छ ।’,

६ वर्ष अगाडि अमेरिकामा प्रोस्टेट क्यान्सरको उपचार गराएका फर्किएका पूर्व राष्ट्रपति डा. यादव अहिले राज्यका लागि सेतो हात्ती बनेको चर्चा छ । भारतको चण्डीगढस्थित पीजीआईएमइआर अस्पतालमा नियमित चेकजाँच गराउँदै आएका उनी राज्य कोषबाट पैसा मागेरै संस्थाप्रति वितृष्णा जोगाउने भूमिकामा रहेको टिप्पणी हुन थालेको छ । पूर्व राष्ट्रपति डा. यादवले राज्य कोषमा लोभ गर्न थालेपछि उनले विगतमा बटुलेको लोकप्रीयता र चर्चा खस्कदो क्रममा छ । यसले उक्त संस्थामाथि नै जनमानसमा नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

क्याटेगोरी : समाचार
ट्याग : #पूर्व राष्ट्रपति डा. रामवरण यादव

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com