मंगलबार खग्रास चन्द्रग्रहण

मंगलबार बिहान ८ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध


काठमाडौं । मंगलबार बेलुका ०५ः११ बजेदेखि खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । चन्द्रग्रहणको ९ घण्टा अघिदेखि सुतक लाग्ने भएकाले भोलि बिहान ०८ः११ बजेदेखि बाल, वृद्ध र बिरामीबाहेकलाई भोजन निषेध गरिएको छ । सुतकको बेला अन्यले भोजन गर्न नहुने शास्त्रीय मान्यता रहेको छ ।

बेलुकी ०५ः१३ बजे सूर्यास्त भएपछि स्पष्ट रूपमा देखिने ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो । एक घण्टा २३ मिनेटसम्म नेपालबाट देखिने ग्रहण बेलुकी ०६ः३४ बजे सकिने जनाइएको छ । बेलुकी ०५ः२७ बजे ग्रहणको उन्मीलन हुने भएकाले त्यो बेला जप, स्नान, ध्यान, पाठलगायत कर्म गर्दा फलदायी हुने शास्त्रीय मान्यता रहेको छ ।

यसअघि कात्तिक ८ गते मङ्गलबार कार्तिक कृष्ण औंसीका दिन सूर्यग्रहण लागेको आज पूर्णिमाको दिन चन्द्रग्रहण लाग्ने भएको छ ।

भोलि लाग्ने ग्रस्तोदित खग्रास चन्द्रग्रहण भरणी नक्षत्र र मेष राशिका व्यक्तिलाई अतिकष्टदायक रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

चन्द्रग्रहण मेष राशिलाई घात, वृष राशिलाई व्यय, मिथुन राशिलाई लाभ, कर्कट राशिलाई सुख, सिंह राशिलाई माननाश, कन्या राशिलाई कष्ट फल दिने योग रहेको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख गरिएको छ।

यसैगरी तुला राशिलाई स्त्रीपीडा, वृश्चिक राशिलाई सुख, धनु राशिलाई चिन्ता, मकर राशिलाई व्यथा, कुम्भ राशिलाई श्रीप्राप्ति र मीन राशिलाई क्षतिको फल मिल्ने छ ।

*मंगलबार हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ – सम्पादक

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com