प्रचण्ड पत्नी सीता फेरि अस्पताल भर्ना, भेन्टिलेटरमा राखेर उपचार


काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको फेरि अस्पताल भर्ना भएकी छिन् । दुई हप्ता अगाडि मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी दाहालको स्वास्थ्यमा जटिल समस्या आएपछि फेरि अस्पताल भर्ना गरिएको हो ।

प्रचण्डको सचिवालय अनुसार शनिबार दाहाललाई ललितपुरको मेडिसिटी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छिन् । उनको अवस्था चिन्ताजनक रहेको अस्पताल स्रोतले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com