गाडीबाट खसेर कैलालीमा एक जनाको मृत्यु


काठमाडौं । गाडीबाट खसेर कैलालीमा एक जनाको मृत्यु भएको छ । कैलालीको टीकापुर नगरपालिका–१ खड्गचोकमा आफ्नै बसबाट खसेर लम्की चुहा नगरपालिका-१ का ४० वर्षका विष्णु देवकोटाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरमा यात्रु चढाउने क्रममा ढोकाबाट खसेर गाडीमा च्यापिदा उनको मृत्यु भएको हो । शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com