करेन्ट लागेर वीरगञ्जमा १ जनाको ज्यान गयो


काठमाडौं पर्साको वीरगञ्जमा करेन्ट लागेर १ जनाको ज्यान गएको छ । पर्सा प्रहरीका अनुसार वीरगञ्ज महानगरपालिका–२२ स्थित ड्राइपोर्ट नजिकै टिपरले चुँडालेको तारबाट करेन्ट लाग्दा एक जनाको ज्यान गएको हो । ना.८ ख ३८४९ नम्बरको टिपरले माटो खसालेर ब्याक गर्ने क्रममा विद्युतको तार चुँडिएको र उक्त तारबाट  तारबाट चुहिएको करेन्ट लागेर मोटरसाइकलमा सवार बहुदरमाई नगरपालिका–४ घर भएका ४५ वर्षीय नागेन्द्र यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

ड्राइपोर्टबाट परवानीपुर तर्फ जाँदै गरेको ना.४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार १९ वर्षका सिकेन्द्र प्रसाद यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी दीपक गिरीले जानकारी दिए । उनको उपचार भइरहेको र दुर्घटना गराउने टिपर चालक फरार रहेको प्रहरीको भनाइ छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com