भूकम्पले डोटीमा ३ जनाको ज्यान लियो


काठमाडौं । भूकम्पले डोटीमा ३ जनाको ज्यान लिएको छ । गए राति २ बजेर १२ मिनेटमा  ६.६ म्याग्निच्यूडकाे भूकम्प जाँदा घर भत्किएर पुरिदा डोटीमा ३ जनाको मृत्यु भएको हो ।

पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्ययका अनुसार पूर्वीचौकी–३ गैरा गाउँका ठक्कर बोहराको घर भत्किएर तीन जनाको मृत्यु भएको हो । भूकम्पले घर भत्किदा एक महिला र दुई बालबालिकाको  मृत्यु भएको उनले जनाए ।

घाइते र पुरिएएकाहरुको उद्धारका लागि अहिले  नेपाली सेनाकाे टाेली खटिएकाे छ । रातिको समय भएकाले धेरै क्षति भएको अनुमान गरिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com