डेंगुले वनमन्त्री थापाको निधन, सुनिल शर्मालाई झड्का


काठमाडौं । डेंगुका कारण प्रदेश नम्बर  १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको आज निधन भएको छ ।

आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ ‘१’बाट नेपाली कांग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवार थापाको बुधबार बिहान १०:४० बजेतिर निधन भएको हो । उनको निधनले मोरङ-३ प्रतिनिधिसभाका उम्मेदवार सुनिल शर्मालाई ठूलो झड्का लागेको छ ।

शर्माको लगानी रहेको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा वनमन्त्री थापाको ५८ वर्षको उमेरमा निधन भएको  हो ।

मोरङको पथरीशनिश्चरे नगरपालिका-८ सखराका घर भएका थापाको असोज २३ गते मनोनयन दर्ता गरेपछि गम्भीर समस्या देखिएको थियो ।  त्यसलगत्तै डेंगुको संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।  हेलिकप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पतालमा ल्याएर उपचार गर्दा थापाको स्वास्थ्यमा सुधार नभएपछि पुनः नोबेलमा लगिएको थियो । तर उनी ब्रह्मलिन भएका छन् ।

पूर्वप्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोइरालाको ८ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए । कांग्रेसले अनलाई वनमन्त्री बनाएको थियो । थापाका श्रीमती, १ छोरा र १ छोरी छन् । उक्त क्षेत्रमा मंसिर ४ गते नै निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com