थपियो अत्याधुनिक कोल्ड रुम भवन


काठमाडौं । स्वास्थ्य सेवा विभागले नयाँ कोल्ड रुम थप गरेको छ । कोभिड–१९ महामारीको समयमा खोप भण्डारणको समस्या भएपछि विभागले नयाँ कोल्ड रुम निर्माण गर्ने कार्य थालनी गरेको थियो ।

अन्तर्राष्ट्रिय संस्था वान हार्ट वर्ल्ड वाईडले विभागको चाहना अनुसार नयाँ कोल्ड रुम निर्माण गरिदिएको हो । उक्त संस्थाले ६ महिनामा भवन निर्माणको काम सम्पन्न गरेर बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । विभागका अनुसार १ करोड ४० लाख ६९ हजार लागतमा निर्माण भएको कोल्ड रुम २ तलाको छ । सो भवनमा तीन वटा कोल्ड रुम रहनेछ ।

स्वास्थ्य सचिव डा. रोशन पोखरेलले तत्काल संचालनमा ल्याउन आग्रह गरे । सुरुमा भवन बनाउछु भन्दा विश्वास लागेको थिएन, सचिव पोखरेलले भने, ‘तर, समय भित्र २ तलाको भवन बनेको छ । अब कुर्सी हैन फिजर राखेर खोप भण्डारण चाँडै गर्नुहोस् ।’,

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले इच्छाशक्ति र चाहेमा काम गर्न सम्भव छ भन्ने सन्देश दिएको बताए । उक्त भवन १५०७ स्क्वायर फिटमा बनेको छ ।

व्यवस्थापन महाशाखाका निर्देशक डा. सर्वेश शर्माले विगतमा सामान्य भ्याक्सिनको माग बढ्ना साथ भण्डारणमा समस्या भएको बताए । तर, अब माग बढेपनि उपलब्ध भएका भ्याक्सिन भण्डारणमा कुनै समस्या नहुने उनको भनाइ छ ।

आपूर्ति व्यवस्थापन महाशाखा अन्तर्गत खरिद शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाले कोल्ड रुम आवश्यक भएको बताए । ‘अहिले पनि भ्याक्सिन राख्न सहज छैन । भ्याक्सिन थप्नुपर्ने छ’ उनले भने, ‘त्यसका लागी व्यवस्थापनमा नै समस्या छ । यस्तो अवस्थामा वान हर्टले बनाइ दिएको छ । यो खुसीको कुरा हो ।’,

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com