काठमाडौं-५ मा डा. उप्रतीकोभन्दा गुरुङको चर्चा


काठमाडौं । आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन काठमाडौं क्षेत्र नम्बर ५ निकै चर्चामा छ । कांग्रेस युवा नेता प्रदीप पौडेलदेखि एमालेका इश्वर पोखरेल, राप्रपाका डा. रामप्रसाद उप्रती समेत चुनावमा लडेकाले उक्त क्षेत्र चर्चामा रहेको हो ।

स्वतन्त्रहरुको भीड नै लागेको उक्त क्षेत्रमा श्री गुरुङको नाम अलि बढीमा चर्चामा छ । गुरुङको चर्चाले राप्रपाबाट उठेका भाइरल डाक्टर रामप्रसाद उप्रेती समेत छायाँमा परेका छन् । हेमराज थापा रञ्जु दर्शनालगायतभन्दा बढी चर्चामा रहेका गुरुङलाई बौद्धिक व्यक्तित्वको रूपमा चिनिन्छ । क्यामेरा चुनाव चिन्ह लिएर उठेका गुरुङले ठूला दलका उम्मेदवारहरुलाई कडा टक्कर दिने देखिन्छ ।

काठमाडौं महानगरपालिका मेयरमा उठेर चर्चा बटुलेकी रज्जु दर्शनालाई समेत पछि पार्दै अगाडि बढेका स्वतन्त्र उम्मेदवार गुरुङ कांग्रेस र एमालेका उम्मेदवारका लागि मुख्य चुनौती बनेका छन् । राप्रपाका डा. उप्रेतीको खासै चर्चा उक्त क्षेत्रमा रहेको छैन ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com