हिमानी शाह पनि अस्पताल भर्ना


काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाह आज बिहान मेडिसिटी अस्पतालमा भर्ना भएकी छिन् । उनको स्वास्थ्यमा समस्या देखिएपछि ललितपुरको ग्वार्कोस्थित नेपाल मेडिसिटी अस्पताल भर्ना भएकी हुन् । हिमानी स्वास्थ्यमा सुधार भइरहेको अस्पताल स्रोतले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको पनि मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । उनको स्वास्थ्य अवस्था भने निकै गम्भीर रहेको अस्पताल स्रोतको भनाइ छ । आज पूर्व युवराज्ञी हिमानी शाह पनि उक्त अस्पताल भर्ना भएकी हुन् । पछिल्लो समय नेपाल मेडिसिटी अस्पताल भीआईपी बिरामीको रोजाइमा पर्न थालेको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com