पूर्व स्वास्थ्यमन्त्री खतिवडाका प्रतिस्पर्धी बर्तौला १ हजारको लोभ देखाएर भोट माग्दै 


काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाका प्रतिस्पर्धी महेश बर्तौला १ हजारको लोभ देखाएर भोट माग्दै हिँडने गरेका छन् ।  उनले केपी शर्मा ओली प्रधानमन्त्री भएपछि १ हजार वृद्ध भत्ता बढाउने भनेर भोट माग्दै हिँडेका हुन् ।

नेकपा एमालेबाट मकवानपुर-२ प्रतिनिधसभा सदस्यको उम्मेदवार बनेका बर्तौलाले १ हजारको लोभ देखाएर वृद्ध आमासँग भोट माग्दै गरेको भिडिओ टिकटकमा हालेका छन् ।

‘आमा म महेश बर्तौला आमा एमाले भन्ने पार्टी थाहा छ हजुरलाई सूर्यमा भोट हाल्ने । म सांसदको उम्मेदवार आमा यो पटक चुनाव जितेर गएपछि केपी ओली प्रधानमन्त्री बन्नु हुन्छ । पहिलो बजेट भाषणबाट १ हजार बढाउछौं आमा । हामीलो त्यो भनेका छौं सूर्यलाई भोट हाल्नु पर्‍यो । फेरि नातिले गएर अन्त हाल्देला विचार गर्नू ।’, बर्तौलाले एक वृद्ध आमासँग भोट माग्दै भनेका छन् ।

मकवानपुर-२ बाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार खतिवडासँग चुनाव लडेका युवा नेता बर्तौला वृद्ध भत्ता १ हजार बढाउने प्रतिबद्धता देखाउँदै भोट माग्दै आएका छन् । उनले सामाजिक सञ्जाल टिकटकमा हालेको उक्त भिडिओलाई लिएर धेरैले आलोचना समेत गरेका छन् ।

 

 

क्याटेगोरी : समाचार
ट्याग : ## विरोध खतिवडा, #महेश बर्तौला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com