पुकार बमदेखि मुकुन्द रिजाल सम्मलाई आयोगले ५ हजार तिरायो


काठमाडौं । निर्वाचन आचारसंहिता उल्लंघन गरेपछि पुकार बमदेखि मुकुन्द  रिजालसा रिजालसम्मलाई निर्वाचन आयोगले  ५ हजार जरिवाना तिराएको छ ।

आयोगले आचारसंहिता उल्लंघन गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार पुकार बमलाई ५ हजार जरिवाना तिराएको हो । काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजाललाई पनि ५ हजार जरिवाना तिर्नेमा परेका छन् ।

राजनीतिमा सहभागी हुने अछामको साँफेबगरस्थि राष्ट्रिय माध्यामिक विद्यालय, साँफेबगर अछामका प्रधानाध्यापक तिलक कुँवर र अछामकै जनता आधारभूत विद्यालयका शिक्षक जिवछ यादवलाई आयोगले पाँच-पाँच हजार जरिवाना तिराएको हो ।

त्यस्तै आयोगले बाराको पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंह जैसवारलाई २५ हजार रुपैयाँ जरिवाना तिराएको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृत गोकुल वस्ती पनि निर्वाचन आयोगको ५ हजार जरिवानाम परेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com