बीपी प्रतिष्ठानका पूर्व प्रशासकले ल्याए धरानमा चुनावी रौनक

केपी ओलीको अभिव्यक्तिले धरानमा एमाले तितरबितर 


काठमाडौं । सुनसरी क्षेत्र न. १(क) तर्फ प्रदेश सभा सदस्यमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व प्रशासनक उमेश थापाको उम्मेदवारीले धरानमा चुनावी रौनक छाएको छ ।

को १९ वर्ष लामो सेवा गरी एक वर्षपछि पाउने पेन्सन सुविधा त्यागेर राजीनामा दिंदै नेपाली कांग्रेस प्रदेश न. १ का महामन्त्री बनेका युवा नेता उमेश थापाको प्रदेशसभा सदस्यको उम्मेदवार बनेसँगै धरानमा चुनावी रौनकता बढाएको हो ।  गत स्थानीय निर्वाचनमा मेयर पदमा स्वतन्त्र रूपमा उठेका हर्क साम्पाङलाई जिताएर धरानमा नेकपा एमालेको विरासतलाई तोडेका धराने जनताले युवा नेता थापाको उम्मेदवारीलाई नेकपा एमालेको विरासत तोड्ने र युवा नेतृत्व स्थापित गर्ने अवसरको रूपमा लिने धरानमा चर्चा छ ।

“समृद्ध धरानको आशा: उमेश थापा” मूल नारासहित थापाको चुनावी अभियानमा रहेका एक युवा भन्छन् “धरानले नेकपा एमालेको सिन्डिकेटबाट मुक्त भएर विकासको लहर ल्याउन चाहन्छ, यसै कारण धराने जनताले हर्क साम्पाङलाई जिताएर बाटो खोले । अब थापालाई जिताएर प्रदेश सरकार र स्थानीय निकायवीच बलियो सम्बन्ध कायम गर्ने बाटो बनाउने निश्चित छ ।”

थापाले उठाएका १०० शय्याको सीटी अस्पताल, लैंगिक समानता, धरानको खानेपानी समस्या समाधान, सुकुम्बासी समस्या समाधान, पर्यटन सर्किट निर्माण र बीपी प्रतिष्ठानको सुधारको मुद्दाले उनीप्रति जनआकर्षण बढेको स्थानिवासीहरू बताउछन् ।

त्यसैपनि गत शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धरान भ्रमणका क्रममा धरानका मेयर हर्क साम्पाङ प्रति गरेको छुद्र अभिव्यक्तिले नेकपा एमाले जित्नु भनेको मेयर साम्पाङको अस्तित्व संकटमा पर्ने देखिँदा धरानमा नेकपा एमालेले प्राप्त गर्ने आशा गरेको मत ह्वात्तै घट्ने स्थानीय विश्लेषण रहेको छ ।

प्रदेश सभा उम्मेदवार बनेका थापाले २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएर राजनीतिमा प्रवेश गरेका हुन् । २०५५-२०५९ साल सम्म उनी नेपाल परिवार नियोजन सङ्घको युवा संयोजक र जिल्ला समिति सदस्य समेत रहे । त्यसैगरी, २०६९ सालमा थापा नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम संयोजक २०७० मा भएको रेडक्रसको निर्वाचनमा उनी सुनसरी जिल्ला सभापति र केन्द्रिय सदस्य निर्वाचित भए ।

कांग्रेस राजनीतिमा अगाडी बढ्ने क्रममा थापा २०६७ मा सम्पन्न नेपाली काँग्रेसको बाह्रौं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि र पार्टीको जिल्ला समिति सदस्य बने । २०७३ सम्म काँग्रेस सुनसरी जिल्ला सदस्य रहेको थापा २०७८ मा सम्पन्न चौधौँ महाधिवेशनबाट नेपाली काँग्रेस प्रदेश १ महामन्त्रीमा निर्वाचित भएका हुन् ।

क्याटेगोरी : मेडिकल शिक्षा, समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ