विश्व मधुमेह दिवसमा क्रिष्टलको विशेष छुट


काठमाडौं । क्रिष्टल डाइग्नोष्टिक सेन्टरले विश्व मधुमेह दिवसको अवसर पारेर स्वास्थ्य परिक्षणमा नागरिकलाई विशेष छुट दिएको छ ।

क्रिष्टल डाइग्नोष्टिक सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल राउतकाअनुसार विश्व मधुमेह दिवसका दिन डाइबिटिज प्रोफाइल परीक्षणमा विशेष छुट प्याकेज ल्याइएको हो । डाइबिटिज प्रोफाइल टेष्ट सोमबार (विश्व मधुमेह दिवस)को अवसरमा क्रिष्टलले ३ हजार रुपैयाँ उपलब्ध गराउनेछ । यसको भरपुर सदुपयोग नागरिकले गर्न पाउने छन् ।

डाइबिटिज प्रोफाइलमा एचबीए१सी, सिबीसी, लिपिड प्रोफाइल, युरिन रुटिङ, लिभर फङसन टेष्ट, रेनल फङसन टेष्ट, फ्री डाक्टर कन्सल्टेसन, फ्री बीएमआई र बिपी स्क्रिनिङ रहेका छन् ।

यसअघि क्रिष्टलमा यो प्याकेजमा परिक्षण गर्न ४ हजार २ सय ९५ रुपैयाँ लिने गरेको थियो । ‘हामीले विशेष छुटमा यो परीक्षण गर्दैछौं,’ राउतले भने, ‘भोलि सर्वसाधारणले कम शुल्कमा परीक्षण गर्ने सुविधा पाउनु हुनेछ ।’ क्रिष्टल राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ए वर्गको मान्यताप्राप्त प्रयोगशाला हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com