आशा जगाउदै वीर: सुरु भयाे ओटी फार्मेसी सेवा


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले ओटी फार्मेसी सेवा सुरु गरेकाे छ । बिरामीको सहजताका लागि अस्पतालले ओटी फार्मेसी चलाएकाे छ । केही समय अगाडि काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहले वीर अस्पताल अगाडिको फार्मेसी भत्काए पछि अस्पताल आफैले फार्मेसी बिस्तार गर्न थालेको हाे ।
अस्पतालले बिरामीको सहजताका लागि भन्दै अस्पतालले सर्जिकल भवनमा ओटी फार्मेसी सुरु गरेको हो। अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्राडा भूपेन्द्र कुमार बस्नेतले उक्त फार्मेसीको आइतबार उद्घाटन गरेका छन्।
नक्सा विपरित रहेको अस्पताल अगाडी रहेका पाँच वटा फार्मेसी काठमाडौं महानगरपालिकाले हटाएपछि प्रशासन माथि दबाब परेकाे थियाे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com