स्वास्थ्य मन्त्रालयले ठुलो संख्यामा स्थाई दरबन्दीमा कर्मचारी माग्दै, कुन पदमा कति ?


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ठुलो संख्यामा स्थाई दरबन्दीमा कर्मचारी माग गरेको छ । बिभिन्न स्वास्थ्य सस्थाहरुमा जनशक्ति आवश्यक परेपछि ३४ जना कर्मचारीको स्थाई नियुक्तीका लागि लोक सेवा आयोगमा माग पत्र पठाएको छ ।

बुधबार स्वास्थ्यमा रिक्त रहेका मध्ये ३४ दरबन्दीका लागि विज्ञापन हुदैछ । मेडिकल अधिकृत लगायतका आठौं तथा सातौ तहका ३४ जना कर्मचारी लोकसेवा मार्फत स्थाई पदपुर्तिका लागि रक्त दरबन्दीमा माग गर्ने भएको लोक सेवा आयोगले जनाएको छ ।

आयोगले दिएको जानकारी अनुसार मेडिकल अधिकृत १५ जना, डेन्टल १ जना, आयुर्वेद चिकित्सक १ जना, नर्सिङ अधिकृत ५ जना, फार्मेसी अधिकृत २ जना, माइक्रो बायोलोजिष्ट १ जना, मेडिकल ल्याब टेक्नोलोजीष्ट २ जना, बायो मेडिकल इन्जिनियर २ जना, फिजियो थेरापिष्ट २ जना, रेडियो ग्राफी टेक्नोलोजीष्ट २ जना र रेडियो थेरापी टेक्नोलोजिष्ट १ जना गरि ३४ जनाका लागि विज्ञापन बुधबार हुने भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा जनशक्ति अभाव भएपछि खाली पदमा विज्ञापन गर्न लागिएको हो, आयोगले भनेको छ । मन्त्रालयले ३५ जनाका लागि विभिन्न पदमा विज्ञापन खुलाउन परिपत्र गरेको थियो, आयोगका एक अधिकारीले भने, तर एक जनाको पद नभएकाले ३४ जनाको मात्रै खुलाउने निर्णय भएको छ । स्वास्थ्यमा लोक सेवाको तयारी गरि बसेका व्यक्तिहरेलाइ यसले ठुलो फाइदा पुग्ने छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ
Social Media Auto Publish Powered By : XYZScripts.com